हत्या गरेको अवस्थामा दाजुभाइको शव फेला

91
  •  
  •  
  •  


काठमाडौं । बारामा दुई जना बालकको हत्या भएको छ। मंगलबार बिहान कलैया उपमहानगरपालिका–७ रंगपुरस्थित बन्दै गरेको मदरसाको एक कोठामा दुई जना बालकको शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गौतम मिश्रका अनुसार बालक दुबै जनाको घाँटी रेटेर हत्या गरिएको हो। मदरासाको एउटा कोठामा दुई जना बालकको घाँटी रेटेर हत्या गरिएको अवस्थामा फेला परेको हो । मृतक बालकहरूको पहिचान खुलिसकेको छ।

बालकको घरबाट करिब तीन सय मिटर परको मदरसामा शव फेला परेको हो। बालक सोही ठाउँका ९ वर्षीय उस्मान अन्सारी र ७ वर्षीय अमान अन्सारी छन्।

उनीहरू दाजुभाइ हुन्। सोमबार बेलुकी ७ बजे घरबाट निस्किएका उनीहरू बेपत्ता भएका थिए।

घर नफर्किएपछि प्रहरीलाई खबर भएको थियो। मंगलबार बिहान करिब सवा ७ बजे दुबै बालकको शव फेला परेको हो।

प्रहरीले घटनास्थलबाट कुनै हतियार फेला पारेको छैन। तालिमप्राप्त कुकुरसहितको टोली बोलाइएको छ। प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


  •  
  •  
  •