एक नेपालीसहित ७ जनाको हत्या गर्नेलाई जन्मकैद

343
  •  
  •  
  •  

काठमाडौं । वैदेशिक रोजगारीमा गएका एक नेपालीसहित विभिन्न देशका ७ जना कामदारको विभत्स हत्या गर्ने एक व्यक्तिलाई साईप्रसमा जन्मकैदको फैसला सुनाइएको छ । उनी साइप्रस सेनाका क्यापटेन समेत हुन् ।

अदालतले घरेलु कामदारका रुपमा साइप्रस पुगेकी अस्मिता खड्का विष्टसहित तीन फिलिपिनो र एक रोमानीयाली गरी ५ जना विदेशी महिला र उनीहरुका दुई बालबालिकाहरुलाई योजनावद्ध रुपमा हत्या गरेको ठहर गरेको छ । घरेलु र अदक्ष कामदारका लागि साइप्रस पूर्वी युरोप र एसियाका लागि प्रमुख गन्तव्य मुलुक हो ।

सन् २०१६ देखि २०१८ को अगस्टमा ती महिला र बालबालिकाको हत्या भएको थियो । साइप्रेली सरकारले मृतकका परिवारका आफन्तलाई किरिया खर्च वापत १७ हजार युरो दिने निर्णय गरेको छ ।


  •  
  •  
  •