हासिम अमलाले तोडे विराट कोह्लीको रेकर्ड

286
  •  
  •  
  •  

hashim amlaकाठमाडौ, ३ मंसिर (ओएनएस) : अष्ट्रेलियाविरूद्धको तेस्रो एकदिवसीय क्रिकेट प्रतियोगितामा दक्षिण अफ्रिका ७३ रनले पराजित भएको छ । आज क्यानबेरामा भएको खेलमा ३ सय ३० रनको विजय लक्ष्य पछ्याएको दक्षिण अफ्रिका मात्र ४४ ओभर ३ बलमा मात्र २ सय ५६ रनमा समेटिएको थियो ।

खेलमा दक्षिण अफ्रिका पराजित भएपनि दक्षिण अफ्रिकी ब्याट्स्म्यान हासिम अमलाले भने नयाँ रेकर्ड बनाएका छन् । उनले भारतीय स्टार ब्याटस्म्यानविराट कोह्लीको रेकर्ड तोडेका हुन् । उनले अष्ट्रेलियाविरूद्धको खेलमा शतक प्रहार गर्दै कोह्लीको रेकर्ड तोडेका हुन् । उनले एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १७ औ शतक बनाउने कोह्लीको रेकर्ड तोडेका हुन् ।

विराट कोह्लीले केहीदिनअघि मात्र उक्त रेकर्ड बनाउन सफल भएका थिए तर उक्त रेकर्ड अमलाले धेरै लामो समय टिक्न दिएनन् । कोह्लीले १ सय १० पारीमा १७ शतक जोडेका थिए भने अमलाले मात्र ९८ औ पारीमा १७ वटा शतक प्रहार गर्दै उक्त रेकर्ड तोडिदिएका हुन् ।


  •  
  •  
  •