हरियाणाका मुख्यमन्त्री भारतीय प्रधानमन्त्री मोदीका भान्से

177
  •  
  •  
  •  

काठमाडौ, ९ कात्तिक (एजेन्सी) : प्रधानमन्त्री नरेन्द्र मोदी (नमो)का साथी मनोहरलाल खट्टर(मनो) हरियाणाका १० औ मुख्यमन्त्री बनेका छन् । खट्टरले आज सपथ ग्रहण गरेका छन् । उक्त कार्यक्रममा मोदी समेत सामेल भएका थिए ।

यी दुई मनो र नमोबीचको साथ निकै पुरानो हो । जब नरेन्द्र मोदी हरियाणा सहित अन्य राज्यका इन्चार्ज थिए भने खट्टर हरियाणामा भाजपा संगठनको सचिव थिए । दुवै एकसाथ स्कुटर तथा कारमा घुम्ने गर्थे । खट्टर नरेन्द्र मोदीमा घरमा गएर खाना समेत बनाउने गर्थे । उनले मोदीलाई समेत खाना कसरी बनाउने भनेर सिकाउने गर्थे । प्राय खट्टरले मोदीका लागि खाना तयार गरिदिन्थे ।

manohar-lal-khattarनरेन्द्र मोदी र खट्टरको भेट करिब २५ वर्ष अगाडी भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) को प्रचारका लागि आएका थिए । त्यही समयमा ३५ वर्षका मनोहरलाल खट्टरलाई तीन जिल्ला रेवाडी, महेन्द्रगढ र गुडगाँऊको प्रचारकको जिम्मेवारी पाएका थिए । यसैक्रममा यी दूई बीच भेट भएको थियो । दुवैको विचार, सोच, काम गर्ने तरिकामा समानता थियो, जसले उनीहरूको सम्बन्ध निकै प्रगाढ बनायो । कहिले साइकल वा स्कुटर जे साधन भेट्छन्, त्यही साधनमा प्रचारका लागि जाने गर्थे ।

१९९४-९५ मा खट्टरको संघको तर्फबाट सक्रिय राजनीतिमा आउने निम्तो पाएका थिए । यतिबेलासम्म मोदी पनि सक्रिय राजनीतिमा आइसकेका थिए । सन् १९९७-९८ मा मोदी हरियाणाका इन्चार्ज बने । उक्त समय खट्टर संगठनका महामन्त्रीको रूपमा राज्यमा भाजपाको राजनीतिक उचाईलाई बढाउने काममा लागेका थिए‍ । दुवै साथमा मिलेर जिल्लास्तरमा बैठकहरू सुरू गरे । भाजपाको विचारधाराको माध्मयबाट मानिसलाई कसरी जोड्न सकिन्छ भनेर यी दुईले सम्बादलाई गति दिन थाले । यसपछि उनीहरूबीच भाजपालाई अगाडी बढाउन एकसाथ लागेका थिए । जसको फलस्वरूप नरेन्द्र मोदी भारतका प्रधानमन्त्री बन्न सफल भए भने खट्टर हरियाणाका मुख्य मन्त्री बने ।


  •  
  •  
  •