ह्यारी र मेगनलाई ब्रिटिश महारानी एलिजाबेथको साथ

104
  •  
  •  
  •  

एजेन्सी । बेलायतकी महारानी एलिजावेथले आफ्ना नाति राजकुमार ह्यारीको फैसलालाई लिएर सहमति जनाएकी छिन् ।

राजकुमार ह्यारीले पत्नी मेगनसँगै शाही परिवारको भूमिकाबाट अलग्गिएर स्वतन्त्ररुपमा क्यानडा र बेलायतमा समय बिताउन चाहेको बताएका थिए ।

भावी भूमिकासम्बन्धी टुंगोमा पुग्नुअघि ड्युक र डचिस अफ ससिक्सलाई ’केही समय’ दिनेबारे महारानी सहमत भएकी छन् जुन समयमा यी दम्पती क्यानडा तथा यूकेमा बस्नेछन् ।

महारानी एलिजाबेथले नयाँ भूमिकासम्बन्धी उनीहरूको चाहनाप्रति आफ्नो “पूर्ण रूपमा“ समर्थन रहेको बताएकी छन् ।

यद्यपि उनले भनेकी छन्, ‘म चाहन्थेँ राजपरिवारको सदस्यको पूर्णकालीन भूमिकामा भए राम्रो हुन्थ्यो ।’
बीबीसीले जनाए अनुसार ह्यारी र मार्कलको भावी भूमिकाबारे राजपरिवारका वरिष्ठ सदस्यहरू वार्तारत छन् ।

केही दिनअघि यी दम्पतीले राजपरिवारको वरिष्ठ सदस्यको भूमिका परित्याग गर्ने र बाँकी समय यूके तथा उत्तर अमेरिकामा बिताउने घोषणा गरेका थिए ।


  •  
  •  
  •