बेलायती राजकुमार ह्यारी आजदेखि नेपाल भ्रमणमा आउँदै

212
  •  
  •  
  •  

काठमाडौं ६ चैत (ओएनएस) : बेलायती राजकुमार ह्यारी आजदेखि नेपाल भ्रमणमा आउँदैछन् । नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापनाको दुई सय वर्षको अवसर पारेर ह्यारी आज देखि १० चैतसम्म नेपालको औपचारिक भ्रमणमा आउादै छन् । एक दिनअघि नै आउने बेलायती राजकुमार ह्यारी निर्धारित भ्रमण तालिकाभन्दा एक दिन पहिला नै नेपाल आउने भएका छन् ।

नेपाल बसाइमा के–के गर्नेछन् ?

नेपाल बसाइका क्रममा राजकुमार ह्यारीले पाटन र भक्तपुरका ऐतिहासिक दरबार क्षेत्रको अवलोकन गर्नेछन् भने भूकम्पबाट प्रभावित ऐतिहासिक स्मारकको पुनर्निर्माणमा भएका प्रगतिबारे पनि जानकारी लिनेछन् ।

त्यस्तै, ह्यारीले भूकम्पपीडितको अस्थायी पुनस्र्थापना केन्द्र, सानोठिमी प्राविधिक शिक्षालय, कान्ति बाल अस्पतालको पनि अवलोकन गर्नेछन् । नेपालस्थित बेलायती दूतावासका अनुसार ह्यारीले बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकन, पोखरास्थित गोर्खा सैनिक क्याम्पमा पुगेर वीर गोर्खाप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम पनि छ । हिमालयको दृश्यावलोकन, जलयात्रा तथा पोखराबाट पदयात्रा, भूकम्पबाट पीडित गोर्खा सैनिकका परिवारसाग भेट गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ ।

६ देखि १० चैतसम्म ह्यारीको व्यस्तता

चैत ६ : उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापाले ह्यारीको स्वागत समारोह आयोजना गर्नेछन्, सााझको उक्त समारोहमा ह्यारी सहभागी हुनेछन् । उनले कार्यक्रममा मन्त्रिपरिषद्का सदस्य तथा वरिष्ठ सरकारी अधिकारीसँग भेट गर्नेछन् । सोही दिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेट गर्नेछन् ।

चैत ७ : राजकुमार ह्यारीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति कार्यालय शीतलनिवासमा शिष्टाचार भेट गर्नेछन । सोही दिन पाटन दरबार स्क्वायर क्षेत्रको अवलोकन पनि गर्नेछन् । र सोही दिन भक्तपुर पुगेर भूकम्पपीडितको अस्थायी शिविर अवलोकन गर्ने र रेडक्रस सोसाइटीको आपत्कालीन सहयोगबारे जानकारी लिनेछन् ।

चैत ८: बर्दिया राष्टिय निकुञ्ज क्षेत्रको अवलोकन,खौराह नदीमा र्‍याफ्टिङ गर्ने कार्यक्रम छ ।

चैत ९ : पोखरा भ्रमण गर्नेछन् र पोखरास्थित गोर्खा सैनिक क्याम्पमा पुगेर वीर गोर्खाप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम पनि सार्वजनिक गरिएको छ । साथै हिमालको अवलोकन र पदयात्रा गर्नेछन् । चैत १० : राष्ट्रपति भण्डारी र राजकुमार ह्यारीले काठमाडौंमा आयोजना हुने बालिका सम्मेलनको संयुक्त रूपमा उद्घाटन गर्नेछन् ।


  •  
  •  
  •