मेसीलाई पछि पार्दै नयाँ रेकर्ड बनाए ह्यारी केनले

392
  •  
  •  
  •  

Photo : Goal.com

काठमाडौं, १२ पुस (एजेन्सी) : टोटनह्यामका स्ट्राइकर ह्यारी केनले सन् २०१७ मा युरोपका टप फाइभ लिगमा नयाँ रेकर्ड कायम गरेका छन्।

इंग्लिस प्रिमियर लिगमा साउथम्पटनविरुद्ध ह्याट्रिक गर्दै केनले बार्सिलोनाका स्टार लियोनल मेसीलाई पछि पारेका हुन्।
र, उनी सबैभन्दा बढी गोलकर्ता पनि बनेका छन्।

मंगलबार राति भएको खेलमा टोटनह्यामले साउथह्याम्टनमाथि ५–२ को फराकिलो जित निकालेको हो। टोटनह्यामको जितमा ह्यारी केनले २२, ३९ र ६७ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। योसँगै सन् १९९५ मा एलन सेररको कीर्तिमान तोडेका छन्।

केनले यो वर्ष अर्थात सन् २०१७ मा ५६ गोल गरेका छन्। दोस्रो स्थानमा रहेका मेसीले ५४ गोल गरेका छन्।

प्रिमियर लिगको अंक तालिकामा टोटनह्याम २० खेलबाट ३७ अंक बनाएर पाचौँ स्थानमा छ। साउथह्याम्टन १९ अंकसहित १४औं स्थानमा छ ।


  •  
  •  
  •