ह्‍यारी अझै ६ दिन नेपाल बस्ने

147
  •  
  •  
  •  

काठमाडौं ११ चैत ।
‘नेपालको सौन्दर्य र मायाले यो मुलुक छोड्न नै गाह्रो भएको छ तर जानैपर्छ । धन्यवाद, जेभएपनि अहिलेलाई भने म अरु छ दिन ब्यक्तिगत तवरले नेपालमा नै विताउनेछु’ नेपालको पाँच दिने औपचारिक भ्रमण सम्पन्न गरेकै दिन बेलायती राजकुमार हेनरी चार्ल्स अल्बर्ट डेभिड (ह्यारी)ले उक्त बाक्यांश आफ्नो मुलुकको दूतावासमा ब्यक्त गरेका हुन् । आफ्नो औपचारिक भ्रमण सकिएकै दिन उनले भने, ‘भूकम्प प्रभावित क्षेत्रहरुमा काम गर्नकै लागि थप छ दिन नेपाल बस्ने अभिब्यक्ति दिएका हुन् । ‘च्यारिटी संस्था टिक रुविकन युकेसँग मिलेर नेपाल र नेपालीको लागि केही समय काम गर्नेछु’ ह्यारीले भने । उनले विकट जिल्लाहरुमा रहेर विद्यायल निर्माणका लागि काम गर्ने बताए पनि कुन स्थानमा जाने भने खुलाएनन् ।

उले पूर्वबेलायती सेनाको च्यारेटी संस्था टिम रुविकन युकेसँग मिलेर विभिन्न दुर्गम जिल्लामा पुगेर काम गर्नेछन् । उनी विभिन्न भुकम्प प्रभावित जिल्लाहरुमा पुग्नेछन् । उनले आएदेखि नै भुकम्प प्रभावित क्षेत्रको अवलोकन गर्ने र त्यहा रहेका पडितसँग भेटेर कुराकानी गर्दै आएका छन् । उनले बेलायती दूतावासमा बुधबार आयोजित रात्रीभोजमा नेपालमा अरु छ दिन अनौपचारिक रुपमा रहने र विभिन्न विकट क्षेत्रमा सघाउन पुग्ने बताए । नेपालमा गत बैशाख १२ मा गएको महाभुकम्पले पारेको असर र प्रभावमा नेपालीहरु अझै असहज अवस्थामा रहेको भन्दै उनले त्यसको लागि काम गर्न पाउदा केही मलम लगाए जस्तो अनुभुति गर्ने भन्दै यसकै लागि आफू रहन लागेको बताए ।
पूर्वनिर्धारित कार्यक्रममा नेपाल बसाईको अन्तमा विभिन्न बालबिलिका सम्मेलनमा सहभागि भएका थिए । त्यसअघि बुधबार नै उनले भक्तपुरमा रहेको प्राविधिक शिक्षा सिटीभिटीको अवलोकन गरे भने कान्ति बालअस्पताल पनि पुगे । उनले बालबालिका सम्मेलन समानताको लागि शिक्षामा जोड दिन पर्ने बताएका छन । सक्षम बालिका समृद्ध नेपाल नामक बालिका सम्मेलनमा सम्वोधन गर्नेक्रममा उनले त्यस्तो बताएका हुन् ।

सम्मेलनको उदघाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेका थिइन् । त्यही कार्यक्रममा ह्यारीले प्रथम महिला राष्ट्रपति भण्डारी, अमेरिकी प्रथम महिला मिचेल ओवामा र बाल शिक्षा अभियानकर्ता मलाला युसुफ विश्वका अनुकरणीय महिला व्यक्तित्व भन्दै उदाहरण समेत दिएका थिए ।परिवर्तन तलबाट नै हुने भन्दै प्रत्येक परिवार तथा समुदायमा रहिआएको महिला तथा बालिकाप्रति पूर्वाग्रह परिवर्तन नभएसम्म उनीहरुको अवसरको ढोका खुल्दैन भन्दै उनले मिचेलको भनाईलाई सापट लिदै भने ।

बालबालिकाको अवस्थाबारे आफू जानकार रहेको भन्दै त्यसमा हरेक घरबाट सुधार अभियान थल्नुपर्नेमा उनले जोड दिए । उनले नेपालमा पनि कम उमेरमा विवाह हुने अवस्थालाई अन्त्य गर्ने र २० वर्षभन्दा कम उमेरमा नै बालबच्चा जन्माउने अवस्थालाई अन्त्यका लागि शिक्षा अपरिहार्य रहेको बताए । त्यसमा ध्यान दिएर अघि बढे नेपालले आफ्नो जटिल सामाजिक चुनौती चिर्ने पनि स्पष्ट पारे । उनले नेपालका राष्ट्रपति तथा सभामुख दुवै महिला भएकाले आगामी दिनमा बाल बालिकाका लागि महत्वपूर्ण प्रेरणा हुने आफूले लिएको बताए ।

महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले ‘सक्षम बालिका: समृद्ध नेपाल’ भन्दै गरेको सम्मेलनमा ह्यारीको उत्साहपूर्ण सहभागिता रहेको हो । बालविवाह अन्त्यमा नै केन्द्रित उक्त कार्यक्रममा १५ जिल्लाका ६० बालबालिका सहभागी थिए । कार्यक्रममा केही बेर ह्यारीसंग सवाल जवाफ पनि चलेको थियो । उनले नेपालमा रहदा कतै बलिवल खेल्ने त कतै फागु खेलेर आफूलाई जनतासंग घुलमिल गराएका थिए । उनले बालबालिका सम्वन्धी विषयमा पढाई हुन्छ कि हुदैन वाल विवाह अन्त्य गर्न के गर्न सकिन्छ लगायतको विषयमा सोधेका थिए ।
कान्तिपुरबाट


  •  
  •  
  •