काठमाडौं ११ चैत (ओएनएस) : नेपाल भ्रमणमा आउनु भएका बेलायती राजकुमार ह्यारीको भ्रमण लम्बिएको छ । आज भ्रमण सकेर फर्किने कार्यक्रम रहेपनि फेरि ६ दिन नेपाल बस्ने कार्यक्रम तय भएको छ । भूकम्पले भत्काएको विद्यालय बनाउन स्वंयसेवी भएर काम गर्नका लागि नेपाल भ्रमण लम्ब्याएका हुन ।
राजकुमार ह्यारीकोे टिम रुबिकन युकेले बनाइरहेका विद्यालयमा स्वंयसेवी भएर सघाउने छ । यसअघि ५ दिने भ्रमणमा लागि ह्यारी गत शनिबार काठमाडौं आएका थिए ।