कोरोना मुक्त भए हरिवंश आचार्य दम्पत्ती

96
  •  
  •  
  •  

काठमाडौँ, कोभिड -१९ को संक्रमणमा परेका कलाकार हरिवंश आचार्य र उनकी पत्नी रमिला आचार्य कोरोना संक्रमण मुक्त भएका छन् ।

विहीबार सामाजिक सञ्जालमार्फत आचार्यले कोरोना संक्रमण मुक्त भएको जानकारी दिएका हुन् ।

कलाकार आचार्यले पत्नी आचार्यलाई एक हप्तासम्म धेरै जीउ दुख्ने,  टाउको दुख्ने र सामान्य ज्वरो आएको र आफूलाई पनि दुई दिनजति साधारण जीउ दुख्ने र ज्वरो आएको बताएका थिए । सुरुमा भाइरल र रुघाखोकीको सिजन हो सामान्य हो निको भइहाल्छ भनेर बसेको उनको भनाइ छ ।

आउटलाइन मिडियासँग कुराकानी गर्दै उनले भनेका थिए– “श्रीमतीको जिब्रोको स्वाद गयो । खानेकुराको स्वाद थाहा पाइन, नाकको गन्ध पनि गयो भनेपछि कोरोना होला भनेर जचायौँ जचाएपछि हामी दुई जनाको रिपोर्ट पोजिटिभ आयो”

यसपटकको दशैँमा आफू आफ्नो घर परिवारमा मात्र टिका लगाउने भन्दै कलाकार आचार्यले आफ्नोमा टिका लगाउन आउने नातागोताहरुलाई पनि यो पटक फोनमै कुरा गर्ने र आशिर्वाद लिन आग्रह गरेका छन् ।


  •  
  •  
  •