स्वर्गीय सभासद खड्काको परिवारप्रति प्रधानमन्त्री कोइरालाको समवेदना

278
  •  
  •  
  •  

काठमाडौ, २२ मंसिर(ओएनएस) : जिप दुर्घटनमा मृत्यु भएका सभासद हरिबहादुर खड्काप्रति प्रधानमन्त्री सुशील कोइरालाले समवदेना प्रकट गरेका छन् ।

hari-bd-condolenceसोमबार विज्ञप्ति निकाल्दै कोइरालाले खड्काको असामयिक निधन भएको भन्दै स्तब्ध बनाएको जनाएका हुन् । कोइरालाले स्वर्गीय सभासद खड्काको आत्माको चीर शान्तिको कामना गर्नुका साथै परिवार र आफन्तलाई समवेदना प्रकट गरेका छन् ।

विज्ञप्तिमा दुर्घटनाबारे आफूले पहल गरेको भन्दैलेखिएको छ, ‘दुर्घटनाको खबर मेरो जानकारीमा आउने बित्तिकै उहाँको उद्धार, जीवन रक्षा र स्वास्थोपचारका लागि तुरून्त कदम चाल्न मैले निर्देशन दिएको हुँ । स्वजनहरू, नेपाल सरकार र नेपालका उत्कृष्ट चिकित्सकहरुले जीवन रक्षाका लागि भगीरथ प्रयास गर्दागर्दै उपचारको क्रममा उहाँलाई गुमाउन पर्दा मलाई अत्यन्त दुःख लागेको छ । संविधान निर्माणको निर्णायक घडीमा राष्ट्रियता,लोकतन्त्र,समाजवादप्रति समर्पित आफ्नै पार्टीका सहयोद्धा गुमाउन पर्दा म वेदनाले मर्माहत भएको छु ।’

गत बुधबार गृहजिल्ला बाग्लुङको एक कार्यक्रममा सहभागि हुन जाने क्रममा दुर्घटनामा परि गंभिर घाइते भएका सभासद खड्काको आइतबार निधन भएको थियो ।


  •  
  •  
  •