प्रशिक्षक हरि खड्काले दिए राजीनामा

183
  •  
  •  
  •  

काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकूद (साग)मा नेपाली महिला फुटबल भारतसँग पराजित भएसँगै टीमका मुख्य प्रशिक्षक हरि खड्काले प्रशिक्षकबाट राजीनामा दिएका छन् ।

फुटबलमा नेपाललाई स्वर्ण दिलाउन दावी गरेका खड्काले असफल भएपछि पदबाट राजीनामाको घोषणा गरेका हुन् ।
पोखरा रंगशालामा सोमबार भएको फाइनलमा नेपाल भारतसँग २–० गोलले पराजित भएको थियो ।

खेलपछि आयोजित पत्रकार सम्मेलनमा खड्काले भने, ‘सागमा स्वर्ण जिताउने योजना सफल हुन सकेन । यसको जिम्मेबारी लिँदै मैले राजीनमा दिन चाहन्छु ।’


  •  
  •  
  •