हरेक समस्याको समाधान वार्ताबाट गर्नुपर्छ : डा.कोइराला

310
  •  
  •  
  •  

दाङ, १३ चैत(ओएनएस) : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सरकारले सिके राउतसँग वार्ता गर्ने तर नेत्रविक्रम चन्द नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएर ठूलो भुल गरेको बताएका छन् ।

नेपाल प्रेस युनियन दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा कोइरालाले हरेक समस्याको समाधान वार्ताबाट गर्नुपर्नेमा जोड दिए ।

चन्द नेतृत्वको नेकपालाई तत्काल वार्तामा ल्याएर समस्याको समाधान गर्न सरकारलाई उनले अनुरोध गरे ।
कम्युनिष्टहरु निरंकुशतातर्फ अगाडि बढेको आरोप लगाउँदै कोइरालाले प्रधानमन्त्रीले सेनालाई आफ्नो मताहतमा राखेर निरंकुशतर्फ उन्मुख हुन लागेको आरोप लगाए ।


  •  
  •  
  •