शाहरूखको ह्याप्पी न्यु इयरले तोड्यो ओपनिङ रेकर्ड

168
  •  
  •  
  •  

happy-new-yearशाहरूख खान र दीपिका पादुकोणद्धारा अभिनित चलचित्र ‘ह्याप्पी न्यु इयर’ ले यस वर्ष मात्र नभई अहिलेसम्मको सबैभन्दा राम्रो ओपनिङ रेकर्ड कायम गरेको छ । यतिमात्र नभई चलचित्र ‘ह्याप्पी न्यु इयर’ ले सुरूवाती तीन दिनमा सबैभन्दा बढि कमाई गर्ने रेकर्ड समेत आफ्नो नाममा पारेको छ ।

बक्स अफिसमा बम्पर ओपनिङ गरेपछि नयाँ रेकर्ड बनाउनका लागि निकै तिव्र गतिमा अगाडि बढिरहेको समाचार भारतीय सञ्चारमाध्मयहरूमा प्रकाशित गरिएको छ । ‘ह्याप्पी न्यु इयर’ ले १ सय करोड भारतीय रूपैयाँ कमाई गरिसकेको छ । चलचित्रले तीन दिनमा करिब १ सय ९ करोड भारतीय रूपैयाँको शानदार कमाई गरेको छ । चलचित्रको हिन्दी संस्करणले १ सय ४ करोड भारतीय रूपैयाँ, तेलगु संस्करणले २.९२ करोड भारतीय रूपैयाँ, तमिल संस्करणले १.८४ करोड भारतीय रूपैयाँको कारोबार गरेको छ ।

चलचित्रमा शाहरूख खान, दीपिका पादुकोणका अतिरिक्त अभिषेक बच्चन, सोनु सूद, बोमन ईरानी र विवान शाहको अभिनय रहेको छ । यस चलचित्रले पहिलो दिन करिब ४४.९७ करोड भारतीय रूपैयाँको व्यापार गर्दै नयाँ रेकर्ड कायम गरेको थियो । चलचित्रले शनिबार करिब ३८ करोड भारतीय रूपैयाँ र आइतबार २६ करोड भारतीय रूपैयाँको व्यापार गरेको छ ।


  •  
  •  
  •