सफल दाम्पत्य जीवनका यी ७ टिप्स अपनाउनुस्

167
  •  
  •  
  •  

वैवाहिक जीवन सफल तथा सुखमय बनाउनका लागि दम्पतीले निकै ध्यान दिनुपर्ने हुन्छ।

आफ्नो जीवनसाथीको बानीव्यहोरादेखी, उसका स-साना कुराहरूमा ध्यान दिन सके वैवाहिक जीवन सहज हुन्छ।

वैवाहिक जीवनमा स-साना कुराले पनि मनमुटाव हुन सक्छ र घरबार समेत बिग्रन सक्छ, यसबाट जोगिनका लागि दुवैले एक-अर्काको भावना बुझेर अगाडि बढ्नु आवश्यक हुन्छ।

साथै आफ्नो जीवनसाथीलाई हरेक स-साना कुराहरू सेयर गर्ने जस्ले एक-अर्कामा विश्वास पैदा गर्न सकोस्, साथै एक-अर्कालाई विश्वास गर्न सक्नु पनि वैवाहिक जीवनलाई सहज रूपले अगाडि बढाउनु हो ।

केही यस्ता उपायहरू छन् जसले वैवाहिक जीवनलाई सुखमय र सहज बनाउँछः

– विषेशगरी पुरूषहरू सेक्स सम्बन्धका लागि निकै हतार गर्छन् । तर, यो जरूरी छैन् की महिला हरेक समय पुरूषसँग शारीरिक सम्बन्धका लागि तयार होस् । यस्तोमा एक-अर्काको मुड र अवस्ताबारे बुझ्नु जरूरी हुन्छ । यदी दुईमध्ये एकले मात्र पनि शारीरिक सम्बन्धको इच्छा जाहेर नगरे दवाव दिनु राम्रो होइन् ।

– शारीरिक सम्बन्धका लागि विषेश गरी पुरूषले पहिले पहल सुरू गर्छन् । तर, कहिलेकाँही महिलाहरूले पनि यसको पहल गर्नुपर्ने हुन्छ ।

– शारीरिक सम्बन्धका क्रममा आफ्नो पार्टनरको अगाडि खुसी हुने प्रयास गर्नुस्, यस्तो समयमा खुसी देखीनु नै राम्रो हुन्छ ।

– प्राय पुरूषहरू शारीरिक सम्बन्धपछि आफ्नो पार्टनरको विचारै नगरी सुत्ने गर्छन् । तर यसो गर्नु राम्रो होइन, महिला साथीलाई सम्बन्धपछि पनि गफ गर्ने र साथमा बस्ने गरे उनीहरू खुसी हुन्छन् ।

– ओछ्यानमा यस्ता कुराहरू नगर्नुस्, जसलाई सुनेर मानसिक तनाव होस् । ओछ्यानमा रहँदा सबै तनावलाई छाडेर जानु फाईदाजनक हुन्छ ।

– सम्बन्धमा एक-अर्कामा शंकाको लागि कुनै ठाऊँ छाड्नु हुँदैन । जब आफ्नो पार्टनरमा कुनै असामान्य कुरा महसुस भए, उक्त कुराहरू एक-अर्काले खुलेर गरेर समाधान गर्नु राम्रो हुन्छ ।

– वैवाहिक जीवन शारीरिक सम्बन्धमा मात्र सिक्नु राम्रो होइन । एक-अर्कामा साँचो प्रेम दिएर सम्बन्धलाई थप मजबुत बनाउन सकिन्छ । एजेन्सी


  •  
  •  
  •