पुर्व मुमा वडा महारानी रत्न ८७ वर्षमा

139
  •  
  •  
  •  

HER-MAJESTY-QUEEN-MOTHER-RATNA-RAJYA-LAXMI-DEVI-SHAH-207x300काठमाडौं,४ भदौ (ओएनएस) : पुर्व मुमा बडामहारानीको८७ औं जन्मदिन बुधवार मनाइएका छ । रत्नको जन्म दिनका अवरसमा पूर्वराजा ज्ञानेन्द्र र रानी कोमल बुधबार दिउँसो ४ बजे महेन्द्र मञ्जिल पुगेपछि आमा रत्नसँगआशीर्वाद लिने कार्यक्रम रहेको छ।
महेन्द्र मञ्जिलमा सधैं सोमबार पारिवारिक जमघट हुने गरे तापनि बुधवार भने विशेष भेटघाट हुने भएको छ। उमेरका कारण केही अस्वथ्य रहेकी रत्न बुधवारबाट८७ वर्ष लागेकी छन् ।

राति अबेरसम्म बस्ने बिहान अबेरै उठ्ने बानी रहेकी पुर्व ममा बडामहारानी रत्न बिहान ९ बजे उठ्ने गरेकी छन्।
बिहान निर्मल निवासबाट ल्याउने गरेको एक गिलास दूध र फलफूल खाएपछि दिउँसो ३ बजे खाना खाने रत्नको दिनचर्या सामान्य रहेको छ। बेलुकी साढे नौ बजे एक गिलास दूध खाएपछि रात बिताउने बानी परेकी रत्न पारिवारिक जमघटबाट टाढै बस्न रुचाउँछिन् ।
राजा महेन्द्रको स्वर्गारोहणपछि शाकाहारी बनेकी पूर्वमुमाबडामहारानी रत्नको मुख्य खाना नै दूध हो। पूर्वराजा ज्ञानेन्द्र भने हप्ताको एक दिन सोमबार आमालाई भेट्न महेन्द्र मञ्जिलमै पुग्ने गरेका छन् ।
घरबाट कतै निक्लन रुचि नराख्ने रत्नको जन्मदिन पनि सामान्य रूपमा मनाइएने भएको छ। ८६औं जन्मदिनमा कुनै तडकभडक नगर्ने उनको हरेक जन्मदिन महेन्द्र मञ्जिलमै मनाउने गरिएको छ ।

आफन्तले आयोजना गर्ने पारिवारिक जमघटमा समेत उपस्थित हुन नरुचाउने रत्न अहिले उमेरको कारण सामान्य हिँडडुल गर्न मात्र सक्ने अवस्थामा छन् । करिब ८ रोपनी क्षेत्रफलमा फैलिएको महेन्द्र मञ्जिलमा रहेको बगैंचामा सामान्य हिँडडुल गर्न सक्ने उनलाई निर्मलनिवासबाटै पालनपोषण भइरहेको छ।


  •  
  •  
  •