भारतकी चर्चित नायिका ऐश्वर्या राय बच्चन ४१ बर्षमा प्रबेश गरेकी छिन् ।
विश्व सुन्दरीको उपाधि समेत जितिसकेकी बच्चनलाई देख्ने कसैले पनि उनको उमेर पत्ता लगाउन सक्दैनन् । तर ४० बर्ष पुरा गरीसक्दा पनि पुरुषहरुको उनी प्रतिको आकर्षण कम भएको छैन ।
उनको जन्म १९७३ नोभेम्वर १ मा भएको थियो । उनले हम दिलदे चुके सनम,देवदासलगायत चर्चित फिल्म खेलेकी छिन् ।
ऐश्वर्याको विगत केही समयदेखि फिल्मी क्षेत्रबाट टाढिएकी छिन् । नायक अभिशेक बच्चनसँग २००७ मा विवाह गरेकी उनको ३ बर्षिय छोरी छिन् ।