पाकिस्तानी नागरिकलाई कुटेको भन्दै वैरो संघका अध्यक्ष पक्राउ

121
  •  
  •  
  •  

काठमाडौं, २३ साउन (ओएनएस) : प्रहरीले वैदेशिक रोजगार वयवसायी संघका अध्यक्ष हंसराज वाग्लेलाई पक्राउ गरेको छ । एक पाकिस्तानी नागरिकमाथि कुटपिट गरेको आरोपमा उनलाई प्रहरीले राजधानीबाट पक्राउ गरेको हो ।

उनलाई दरवारमार्ग प्रहरीले पुतलीसडकबाट गएराति पक्राउ गरेको जनाइएको छ । दरवारमार्गको याक एण्ड यति होटलसँगैकै सिजलिङ बार डान्स रेष्टुरेन्टमा मदिराका सुरमा झगडा गर्न तम्सिएका वाग्लेले पाकिस्तानी नागरिकमाथि कुटपिट गरेको दरवारमार्ग प्रहरी प्रभागका डिएसपी राजकुमार सिलवालले जानकारी दिए । वाग्ले सहित कुटपिटमा संलग्न ५ जनालाई सार्वजनिक मुद्दा चलाउन लागिएको प्रहरीले जानकारी दिएको छ ।


  •  
  •  
  •