हन्सको वार्षिकोत्सव विशेष योजना

213
  •  
  •  
  •  

काठमाडौं, २६ असार (ओएनएस) । इन्टरनेट सेवा प्रदायक कम्पनी हिमालयन आउटलाइन सर्भिस (हन्स) ले वार्षिकोत्सव विशेष योजना सञ्चालनमा ल्याएको छ । जस अन्र्तगत संस्थागत प्रयोगका लागि १३ हजार ५ सयमा १ एमवीपीएस र २३ हजार रुपैयामा २ एमवीपीएस हन्स वायरलेस इन्टरनेट खरिद गर्न सकिन्छ भने, होम युजरका लागि १ एमवी १० हजार रुपैयाँ पर्ने ।

कम्पनीले १४ वर्ष पुरा गरी १५ वर्षमा प्रवेश गरेको अवसर पारी यस्तो योजना सञ्चालनामा ल्याएको हो । यो योजना सिमित अवधिका लागि मात्र लागु गरिने कम्पनीका प्रवन्धक हरीहर भण्डारीले जानकारी दिए । हन्सले हाल नेपालभरका १ हजार ७ सय भन्दा बढी उपभोक्तालाई सेवा प्रदान गर्दै आएको छ ।

त्यस मध्ये ७ सय प्रयोगकर्ता संस्था भएको उनले बताए । ‘विशेषगरी कलेज तथा हस्पिटल हाम्रा ग्राहक हुन्’, उनले भने । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, पाटन हस्पिटल, लिभरपुल कलेज, ह्वाइटहाउस कलेज, होम हस्पिटललगायतले हन्सको इन्टरनेट प्रयोग गरिरहेको कम्पनीले जानकारी दिएको छ ।

त्यस्तै विभिन्न्स ३५ प्रतिशत प्रयोगकर्ता सरकारी संस्था रहेको पनि उनले जानकारी दिए । पाटन अस्पतालसँगको सहकार्यमा गोरखा, नवलपरासीमा पनि सेवा विस्तार गर्न लागेको भण्डारीले जानकारी दिए । उनले भने, ‘हाम्रो कम्पनीले उपत्यका बाहीर बर्दीबास, जर्सीपौवालगायत स्थानमा आफ्नो सेवा विस्तार गरेको छ ।’
सेवालाई देशै भर पु¥याउने योजना रहेको कम्पनीले जानकारी दिएको छ ।


  •  
  •  
  •