६ सय ८३ जनालाई एकसाथ मृत्युदण्ड

314
  •  
  •  
  •  

काठमाडौं १६ वैशाख (एजेन्सी) : इजिप्टमा एक न्यायालयले ६ सय ८३ जनालाई एकसाथ मृत्युदण्डको सजाय सुनाएको छ । मृत्युदण्डको सजाय पाउनेमा मुस्लिम ब्रदरहुडका नेता मोहम्मद बदीसमेत सामेल रहेको सम्बन्धित कानुन व्यवसायीहरुले जनाएका छन् ।
समाचार एजेन्सीहरुका अनुसार पूर्व राष्ट्रपति मोहम्मद मोर्सीका समर्थकहरुले मृत्युदण्डको सजाय पाएका हुन् । उनीहरुमाथि विभिन्न हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा कानुनी कारवाही थालिएको थियो ।

  •  
  •  
  •