हस्तकला ग्राम आगामी आवदेखि सञ्चालनमा ल्याइने

82
  •  
  •  
  •  

isकाठमाडौं,२३ असोज (ओएनएस) : आगामी आर्थिक बर्षदेखि पाँच ओटै विकास क्षेत्रमा ‘हस्तकला ग्राम’ सञ्चालनमा ल्याइने भएको छ ।

यसका लागि पाँचै विकास क्षेत्रमा जग्गा पहिचान गरिसकेको  उद्योग मन्त्रालयका प्रवक्ता  यामकुमारी खतिवडाले जानकारी दिइन् । ‘ग्राम निर्माणका लागि २५ लाख बजेट पनि छुट्याइसकेको छ’ उनले भनिन् ।

मन्त्रालयले ग्राम निर्माणका लागि पूर्वाञ्चलमा धनकुटा,मध्यमाञ्चलमा चितवन,पश्चिमाञ्चलमा पोखरा,मध्यपश्चिमाञ्चलमा सुर्खेत र सुदुरपश्चिमाञ्चलमा कैलालीमा जग्गा पहिचान गरिसकेको छ ।

छनोट गरिएका क्षेत्रमध्य कैलाली र सुर्खेतमा घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय हाताभित्र ग्राम निर्माण गर्न लागिएको मन्त्रालयले जानकारी दिएको छ ।

ग्राम मार्फत हस्तकलाको बजारीकरण, प्रवद्र्न, प्याकेजीङ तथा विक्री वितरण गरिने घरेलु तथा साना उद्योग  विभागका निर्देशक गोकुल धितालले बताए ।

handicraftग्रामले सिप विकाश तालीम लिएकाहरुलाई आयआर्जनको स्रोत बन्ने उनले जानकारी दिए । चार स्थानमा समितिको जग्गा भएकोले ग्राम निर्माणका लागि बजेट कम लाग्ने विभागले बताएको छ । विभागका अनुसार एउटा हस्तकला ग्राम निर्माणका लागि रू.२ करोड भन्दा बढी लगानी आवश्यक पर्छ ।

घरेलु उद्योग विभागले नेतृत्व लिने उक्त ग्राममा घरेलु तथा साना उद्योग समिति, नेपाल हस्तकला महासङ्घ,महिला उद्यमी समिति,उद्योग वाणिज्य सङ्घलगायतको सङ्लग्नता रहने छ ।
निर्माण पश्चात घरेलु ग्राम सञ्चालनका लागि स्थानिय वासिन्दा, निजी क्षेत्र वा हस्तकलासँग सम्वन्धित सङ्घलाई हस्ताण्तरण गरिने विभागले बताएको छ ।

बाबुराम भट्टराई नेतृत्व सरकारले गत असोजमा ‘शासकीय तथा आर्थिक सुधारको तत्कालीन कार्ययोजना, २०६९’सार्वजनिक गर्दै एक वर्षभित्रमै पाँचै विकास क्षेत्रमा हस्तकाल ग्राम निर्माण गर्ने घोषणा गरेको थियो ।

हस्तकला उद्योगलाई थप प्रवद्र्धन तथा यस्ता सामग्रीको प्रदर्शनलाई थप सहज बनाउने उद्देश्यले ग्राम स्थापना गर्न लागिएको  नेपाल हस्तकला महासङ्घका अध्यक्ष हेमरत्न शाक्यले बताए । ग्रामले लघु उद्यम, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुहरुको निर्यात प्रवद्र्नमा सहयोग पु¥याउने उनको विश्वास छ ।


  •  
  •  
  •