‘विप्लव’ समूहका नेता हेमन्त प्रकाशसहित आठ जना पक्राउ

502
  •  
  •  
  •  

काठमाडौं, ९ चैत(ओएनएस) : नेत्रविक्रम चन्द‘विप्लव’ समूहका नेता हेमन्त प्रकाश ओली‘सुदर्शन’सहित प्रहरीले आठ जना पक्राउ परेको छ ।

प्रहरीको विशेष टोली र काभ्रे प्रहरीको संयुक्त टोलीले शुक्रबार राति काभ्रेको खानीखोला गाउँपालिका–३ बाट उनीहरुलाई पक्राउ गरेको हो ।

उनीसँगै पक्राउ पर्नेमा धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, ललित लामा, शंकर अधिकारी, लोकेन्द्र खड्का, सन्जीव कार्की, वेद घिमिरे र विजय श्रेष्ठ रहेका छन् ।

मध्यरातमा खानीखोलाबाट काठमाडौं आइरहेको सूचनाका आधारमा पक्राउ गरिएको र अहिले काठमाडौं ल्याइएको प्रहरी स्रोतले जानकारी दियो ।

नख्खु बम विस्फोटका प्रमुख योजनाकार मानिएका ओली पार्टीको मध्य केन्द्रीय कमाण्ड इन्चार्ज  हुन्।


  •  
  •  
  •