वलीलाई रिहा गर्न परेको बन्दी प्रत्यक्षीकरणको रिट खारेज

412
  •  
  •  
  •  

काठमाडौं, २७ चैत(ओएनएस) : सर्वोच्च अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता हेमन्तप्रकाश वलीलाई रिहा गर्न परेको बन्दी प्रत्यक्षीकरणको रिटलाई खारेज गरिदिएको छ ।

नेता वलीलाई गैरकानूनी रुपमा थुनामा राखेको भन्दै छोरी विपनाले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् ।

न्यायाधीशहरु अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको इजलासले बुधबार रिट खारेज गरिदिएको हो । रिट खारेजीसँगै उनलाई थुनामा राख्न सरकारका लागि बाटो खुला भएको छ ।

यसअघि सर्वोच्चले उनलाई पक्राउ गर्नुको कारणसहित अदालतमा हाजिर गराउन आदेश दिएको थियो ।
विप्लव समूहका मध्य कमाण्ड इन्चार्ज वलीलाई नख्खुस्थित एनसेल मुख्यालयमा भएको बम आक्रमणको मुख्य दोषी ठहर गर्दै प्रहरीले काभ्रेबाट पक्राउ गरेको थियो । उनीविरुद्ध संगठित अपराध मुद्दामा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •