सर्लाही, असार २१ – काठमाडौंमा कपाल काट्ने पेसा गर्दै आएका सुरेन्द्र ठाकुरको विवाहमा बबरगंजबासीका लागि ऐतिहासिक भयो । नायक राजेश हमाल उनको विवाहमा सहभागी भएका थिए हेलिकप्टर चार्टर गरेर । शुक्रबार दिउँसो सवा एक बजे हमाल बबरगंजमा उत्रिए ।
उनको स्वागतमा पूरा गाँउ जुटेको थियो । मैथिलभाषी गाउँमा आफ्नो फ्यानको भीड देख्दा हमाल छक्क परे । उनी आउने खबर सुनेर वरपरका गाउँका समेत प्रशंसक जम्मा भएका थिए । सातवर्षदेखि घरमै गएर कपाल काट्दै आएका नाई सुरेन्द्रको निम्तो स्विकार्दै हमाल हेलिकप्टर चार्टर गरी आएका हुन् ।
बिहेमा हमाल एक घन्टा बसे । त्यो अवधिमा उनीसँग फोटोखिच्नेको भिड नै लाग्यो । विवाहमा हमाल आएपछि सुरेन्द्रको मुहारमा बेग्लै खुसी छाएको थियो । राजेश हमाल सुटिङ छाडेर विवाहमा आएको सुरेन्द्रले बताए ।
कान्तिपुर दैनिक