हामा फाइनान्सका तत्कालिन महाप्रवन्धक सहित ५ पक्राउ

351
  •  
  •  
  •  

काठमाडौं, २ मंसिर (ओएनएस) : हामा मर्चेन्ट एण्ड फाइनान्स लिमिटेडका तत्कालिन महाप्रवन्धक रवीभुषण बैद्यसहित ५ जना पक्राउ परेका छन् । उनीहरु  कम्पनीमा आर्थिक अनियमितताको आरोपमा पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा मुल्यांकनकर्ता राजेश अधिकारी, ऋणी तिलक बहादुर सुनुवार, जमानिकर्ता सचिन कुमार सुनुवार, ऋणी शोभेन्द्र राज जोशी,रवि भूषण वैध रहेका छन् ।

उनिहरुविरुद्व वित्तिय संस्थाको प्रतिकुल हुनेगरी ७ करोड ६० लाख ९९ हजार  नोक्सानी पु¥याएको आरोप लागेको छ । त्यस्तै कर्जाको लागि राखिएको धितो सम्पत्तिको अधिक मुल्यांकन गरेको ,  विभिन्न व्यक्तिहरुको नामका कर्जा प्रवाह गर्ने सिलसिलामा आफुलाई प्राप्त अख्तियारी र स्वीकृत सीमाको दुरुपयोग गरेको आरोप छ ।

ऋणीहरुको मिलोमतोमा कम्पनीको कोष र कर्जाको दुरुपयोग गरेको, कर्जाको रकम परियोजनामा खर्च नगरी दुरुपयोग गरेको, एकै धितोबाट विभीन्न व्यक्तिहरुको नाममा छुट्टा छुट्टै कर्जा प्रवाह गराएको तथा एकै समुहका व्यक्तिलाई अधिक ऋण प्रवाह  गरी बैंकिङ कसुर गरेको पुष्टी भएको छ ।

उनीहरुलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले पक्राउ पुनरावेदन अदालतमा बैकिङ कसुर मुद्दा गरिएको छ ।


  •  
  •  
  •