‘हल्लाको पछाडि नलाग्नुस्, उपयुक्त समयमा पार्टी एकता हुन्छ’ : प्रधानमन्त्री ओली

329
  •  
  •  
  •  

काठमाडौं, १९ चैत (ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले नेताहरुलार्इ हल्लाको पछाडि नलाग्न अाग्रह गरेका छन्। उनले भने’उपयुक्त समयमा पार्टी एकता हुन्छ।’

सोमबार मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कारबाट कमल कोइरालालाई सम्मानित गर्दै प्रधानमन्त्री ओलीले जुनसुकै हालतमा पनि पार्टी एकता हुने बताए। ‘हल्ला चल्न सक्छ, हल्लाको पछाडि नलाग्नुस्’, मिति नतोकी ओलीले भने, ‘उपयुक्त ढंगले उपयुक्त समयमा पार्टी एकता हुन्छ।’

प्रधानमन्त्री ओलीले स्थिरता र स्थायित्वको विषयमा अघि बढेको र पुँजी परिचालन गर्दै विदेशी लगानी भित्र्याउने पनि बताए। ‘राजनीतिक संक्रमणकाल सकिएको छ, सामाजिक संक्रमणकालको समयतर्फ देश जाँदैछ’, उनले भने।

प्रधानमन्त्रीले नयाँ सरकारसँग नडराउन आग्रहसमेत गरे। ‘कसैको खोस्ने भनिएको छैन’, उनले भने, ‘गरिबलाई पनि अावश्यक पर्ने चाहिने कुरा उपलब्ध गरार्इ धनी बनाउने भनिएको हो।’


  •  
  •  
  •