हेलम्बुमा पहिरोः ५० बेपत्ता, बस्ती नै बगायो

170
  •  
  •  
  •  

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बुमा पहिरोमा गरेर ५० जना बेपत्ता भएका छन् । हेलम्बु गाउँपालिका–१ मा गएको पहिरोले तिम्बु बजारका सात घर तथा गाउँपालिकामा रहेका सातवटा रेम्बो ट्राउट माछा पालन गर्ने ९ वटा फर्मका पोखरीहरु बगाएको छ ।

तिम्बु बजारका बासिन्दालाई भने सुरक्षित स्थानमा सारिएको छ । मंगलबार साँझ ६ बजेतिर गएको पहिरोका कारण मेलम्ची खानेपानी आयोजनामा कार्यरत ३९ जना तथा माछा फर्ममा कार्यरत ११ जना बेपत्ता भएको वडा नम्बर २ का अध्यक्ष छिरीङ ग्याल्बु लामाले जानकारी दिए ।

स्थानीय प्रहरीले खोजी तथा उद्धारको काम गरिरहेको छ । पहिरोले वडा नम्बर तीनका तीनवटा, २ का चारवटा, ६ को एउटा तथा वडा नम्बर १ को एउटा माछा फर्मका पोखरी बगाएको छ ।


  •  
  •  
  •