चालु आवमा अवैध हतियारसहित २ सय ४२ पक्राउ

384
  •  
  •  
  •  

काठमाडौं, ९ जेठ(ओएनएस)  : चालू आर्थिक वर्षको दश महिनाको अवधिमा प्रहरीले अवैध हातहतियारसहित २ सय ४२ जनालाई पक्राउ गरेको छ ।

फाइल तस्बिर

देशभरबाट अवैधरूपमा हातहतियार लिएर हिँडेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा २ सय ३६ पुरुष र ६ महिला छन् ।

यस्तै १७ जना विदेशी नागरिकसमेत रहेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार एलएमजी राइफल एक थान, पोइन्ट टुटु राइफल एक थान, एसएमजी दुई थान, एमसिक्स्टीन एटु राइफल एक थान, पेस्तोल ३८ थान, बन्दुक १४ थान, कटुवा पेस्तोल ३६ थान, रिभल्वर तीन थान, भरुवा बन्दुक ११८ थान गरी जम्मा दुई सय १४ थान बरामद गरिएको छ ।

उनीहरूको साथबाट ६८० राउण्ड गोलीसमेत बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेलका अनुसार अवैध हातहतियार ओसारपसार गर्ने १ सय ६५ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ ।

अवैध हातहतियार नियन्त्रण तथा कारोबारीलाई कानूनी दायरामा ल्याउन नेपाल प्रहरीले देशभरि नै विशेष अभियान चलाएको प्रवक्ता पोखरेलले बताए ।


  •  
  •  
  •