हाइटीमा एक अनाथालयमा आगलागी, १५ बालबालिकाको मृत्यु

166
  •  
  •  
  •  

एजेन्सी । हाइटीको एक अनाथालयमा आगलागी हुँदा १५ जना बालबालिकाको मृत्यु भएको छ । राजधानी पोर्ट औ प्रिन्सको दक्षिणी क्षेत्रमा रहेको अनाथालयमा आगलागी भएको हो ।

आगलागीमा परेर दुई जनाको मृत्यु भएको र बाँकी १३ जनाको धुँबामा निसास्सिएर मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अनाथालयमा बिजुलीको सट्टा मैनबत्ती बाल्ने गरिएकाले त्यसकै कारण आगो लागेको हुनसक्ने अनुमान गरिएको छ । आगलागी भएको स्थानवाट ४५ जना बालबालिकाको सकुसल उद्धार गरिएको छ ।

उनीहरुलाई आफन्त खोजेर जिम्मा लगाउने तयारी भइरहेको बताइएको छ ।


  •  
  •  
  •