मोहम्मद हफिजले अब बलिङ गर्न नपाउने

275
  •  
  •  
  •  

Pakistan v Australia - 1st Test Day Twoकाठमाडौ, २१ मंसिर (एजेन्सी) : पाकिस्तानलाई पुनः अर्को झट्का लागेको छ । महिनादिनभन्दा केही अघिमात्र आफ्ना मुख्य स्पिनर सइद अजमलको बलिङ एक्शनका कारण लगाइएको प्रतिबन्धपछि पुनः अर्का खेलाडीमाथी क्रिकेटको सर्वोच्च संस्था आईसीसीले मोहम्मद हफिजमाथी बलिङमा प्रतिबन्ध लगाएको छ ।

पाकिस्तानका अलराउण्डर मोहम्मद हफिज अफ स्पिन बलिङ गर्दै आएका थिए । उनलाई आईसीसीले गरेको एक टेष्ट पछि उनको बलिङ एक्शन नियम विपरित भएको भन्दै बलिङमाथी प्रतिबन्ध लगाएको हो । आईसीसीले हफिजले बलिङ गर्दा १५ डिग्रीको सिमितता नाघ्ने बताएको छ ।

हफीजविरूद्ध पहिले च्याम्पियन्स लिगमा लाहोर लाइन्सविरूद्ध खेल्दा पहिलोपटक बलिङ एक्शनलाई लिएर रिपोर्ट गरिएको थियो । उक्त रिपोर्टले अन्तराष्ट्रिय क्रिकेटलाई कुनै असर त गरेन तर, नोभेम्बरमा भएको न्युजिल्याण्डविरूद्धको पहिलो टेष्टपछि बलिङ एक्शनमाथि रिपोर्ट गरिएको थियो ।


  •  
  •  
  •