हाफिज सईदले भने, पेशावर आक्रमणको जिम्मेबार भारत, बदला लिन्छौ’

222
  •  
  •  
  •  

peshawar-in-pain4काठमाडौ, ३ पुस(एजेन्सी) :  पाकिस्तानको पेशावर शहरमा एक सैनिक स्कुलमा हमला गरी १ सय ३२ बच्चाहरूसहित १ सय ४५ जनाको हत्या भएको एक दिनफछि बुधबार २६/११ मुम्बई हमलाका योजनाकार हाफिज सईदले पेशावर आक्रमणका लागि जिम्मेवार भएको बताएका छन् ।

पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको सम्वादपछि रिसाएका उनले भारतमाथी हमला गर्ने धम्की दिएका छन् । उनले हमलाको मुख्य दोषी भारत हो र ऊ अहिले गोहीको आँशु बगाइरहेको छ । उनले आफूहरुले उक्त हमलाको बदला लिने बताएका छन् ।

यसभन्दा पहिले पाकिस्तानी सेनाध्यक्ष राहिल शरिफले अफगानिस्तानलाई चेतावनी दिँदै तहरिक-ए-तालिबान पाकिस्तानका मुखिया मुल्ला फजलुल्लालाई समात्न मद्धत गर्नुपर्ने बताएका छन् । पाकिस्तानका सेनाध्यक्षले अफगानिस्तानले सहयोग नगरे पाकिस्तान आफै कारबाही गर्न बाध्य हुनेछ । मुल्ला फजलुल्ला अफगानिस्तानको सिमा नजिकै कुनार र नुरिस्तान प्रान्तमा लुकिरहेको बताइएको छ ।

राहिलले अफगान सेनाका अधिकारीहरूसँग अफगान सेनाले फजलुल्लालाई पक्राउ गरेर आफूलाई नदिए पाकिस्तानले कडा कारबाही गर्न तयार भएको बताएका छन् । पाकिस्तानले अफगानिस्तानलाई दुवै देश मिलेर तालिबान विरूद्ध लड्नुपर्ने भन्दै दवाव समेत दिन थालेको छ । यता अफगानिस्तानले भने यस विषयमा कुनै जवाफ दिएको छैन् ।


  •  
  •  
  •