पाकिस्तानलाई अर्को झड्का, अलराउण्डर हफिज पनि संकटमा

68
  •  
  •  
  •  

mohammad hafeezकाठमाडौ, १३ असोज (एजेन्सी) : पाकिस्तानलाई अघिल्लो महिना आफ्नो नम्बर एक बलर सइद अजमलमाथी प्रतिबन्ध लागेपछि निकै ठूलो झड्का लागेको थियो । आइसीसीले बलरको एक्शनलाई नियम विपरित मान्दै उनलाई कुनै पनि खेलमा बलिङ गर्नबाट रोक लगाएको थियो । उनलाई बलिङ एक्शन सुधार्ने र ट्रायल दिने मौका भने मिल्नेछ ।

आफ्नो शीर्ष बलरलाई गुमाएको पाकिस्तानलाई फेरी अर्को झड्का लागेको छ । अन्तराष्ट्रिय स्तरमा मोहम्मद हफिजलाई उनको बलिङ एक्शनका कारण रिपोर्ट गरिएपछि पाकिस्तानलाई थप झड्का लागेको हो । उत्कृष्ट अलराउण्डर हफिजमाथी बलिङ एक्शनको नियम अनुरूप बलिङ नगरेको भन्दै रिपोर्ट दर्ता गराइएको छ ।

अलराउन्डर मोहम्मद हफिज च्याम्पियन्स लिग ट्वान्टी-२० खेलमा खेल्नका लागि उनी भारतमा छ । उनी लाहोरमा लायन्सको लागि खेल खेलिरहेका छन् । तर, शनिबार बेङ्लोरा डाल्फिन्सविरूद्धको खेलमा बलिङलाई नियम विपरित मानिएको छ ।

तर, अम्पायरहरूले यस खेलमा दुई बलरहरूले नियम विपरित बलिङ गरेको भन्दै रिपोर्ट गरेका छन् । हफिजका साथै डाल्फिन्सका अफ स्पिनर प्रनेलन सुब्रायेनको बलिङ एक्शनको समेत रिपोर्ट गरेका छन् ।


  •  
  •  
  •