हाइटीका राष्ट्रपतिको हत्यामा अमेरिकी र कोलम्बियाली पूर्वसैनिकको संलग्नता

130
  •  
  •  
  •  

राष्ट्रपतिको हत्यामा प्रयोग भएको हतियारसहित पक्राउ परेका शंकास्पद व्यक्ति । (रोयटर्स)

एजेन्सी । हाइटीका राष्ट्रपति जुभेनल मोइजको हत्यामा अवकाशप्राप्त कोलम्बियाली सेना र दुई अमेरिकी नागरिकको संलग्नता खुलेको प्रहरीले जनाएको छ।

२६ कोलम्बियाली र हाइटियन मूलका दुई अमेरिकी समेत गरी २६ जनाको ‘हिट स्क्वाड’ले राष्ट्रपति मोइजको हत्या गरेको प्रहरी प्रमुख लियोन चार्ल्सले बताएका हुन्।

त्यसमा संलग्नमध्ये आठ जना शंकास्पद व्यक्ति अझै फरार छन्। २ अमेरिकीसहित १७ जना पक्राउ परेका छन्।
बाँकीको भने मूठभेडमा मृत्यु भएको बताइएको छ।

बुधबार बिहानै उक्त बन्दुकधारीको समूहले राष्ट्रपतिको घरमै गोली हानी हत्या गरेको थियो। राष्ट्रपतिकी श्रीमती भने घाइते भएकी थिइन्।

मोइजको शरीको पछाडि १२ गोली लागेको थियो। उनको घटनास्थलमै मृत्यु भएको थियो। श्रीमती मार्टिनको भने अमेरिकी राज्य फ्लोरिडामा उपचार जारी छ। उनको स्वस्थ्य अवस्था स्थिर रहेको बताइएको छ।

यो घटनाको योजनाकार को हो भन्ने नखुलेको बीबीसीले जनाएको छ । आफ्ना पूर्ववर्ती राष्ट्रपतिले राजीनामा दिएपछि ५३ वर्षीय जोभनेल मोइसेले सन् २०१७ को फेब्रुअरी महिनादेखि सत्ता सम्हालेका थिए ।
भ्रष्टाचारका अभियोगहरूका माझ मोइसेको कार्यकाल सहज थिएन र उनले सरकार विरोधी हिंसात्मक विरोध प्रदर्शनहरूका लहरको सामना गर्नु परिरहेको थियो ।

यसै वर्ष केही समयअघि राजधानी र देशका अन्य सहरमा पनि मानिसहरूले उनको राजीनामा माग्दै व्यापक रूपमा विरोध प्रदर्शन गरेका थिए ।


  •  
  •  
  •