होटल व्यवसायी लक्षित थाइ सामग्री प्रदर्शन

250
  •  
  •  
  •  

काठमाडौं, १४ मंसिर (ओएनएस) :  नेपालमा थाई सामग्री आयात तथा उत्पादन गर्ने आयातकर्ताले आफ्ना उत्पादनलाई नेपाली होटल व्यवसायी समक्ष प्रस्तुत गरेका छन् ।

नेपालका लागि थाइल्याण्डकी राजदुत कानथोन उनाकूलको पहलमा उनीहरूले आइतवार ती सामग्री होटल व्यवसायीका लागि प्रदर्शनीमा राखेका हुन् ।

थाइ दुतावास शितल निवास परिसरमा किचन सामग्रीसँगै तयारी खाना, जुस र ताजा तरकारीहरू प्रदर्शन गरिएको थियो । यसैगरी बेड, म्याटलगायत विभिन्न सजावटका सामग्रीसमेत व्यवसायी समक्ष प्रस्तुत गरिएको थियो ।

नेपालमा थाइ सामग्री आयात गर्ने व्यवसायीलाई होटल व्यवसायीसँग परिचित गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको दुतावासले बताएको छ ।

यसअघि हानको अर्धवार्षिक बैठकका अबसरमा थाइल्याण्डमा भएको सहमतिअनुसार थाइल्याण्डले नेपालका व्यवसायीको क्षमता अभिवृद्धिलगायतमा सहयोग गर्ने हानका महासचिव विनायक शाहले बताए । थाइ दुतावास र होटल सङ्घ नेपाल (हान)बीच भएको सहमति अनुसार कार्यक्रम आयोजना भएको बताइएको छ ।


  •  
  •  
  •