स्वाइनफ्लुबाट पाल्पामा एकजनाको मृत्यु

251
  •  
  •  
  •  

napalparashi
पाल्पा, २१ साउन (ओएनएस) : पाल्पामा स्वाइनफ्लुबाट एकजनाको मृत्यु भएको छ। जिल्लाको माथागढी गाउँपालिका वडा नं. ३ कसेनीका ७४ वर्षीय मानबहादुर चिदीको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाले जनाउको छ।

लुम्बिनी मेडिकल कलेज प्रभास तानसेन पाल्पामा उपचार हुन नसकेपछि काठमाडांै रिफर गरिएका चिदीको बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा. उमाशंकर प्रसाद चौधरीले जानकारी दिए।

ज्वरो आउने, रुघा लाग्ने र घाँटी दुःखेको भन्दै अस्पताल भर्ना भएका उनको अवस्था सिकिस्त बन्दै गएपछि थप उपचारको लागि काठमाडौं रिफर गरिएको थियो।

उनलाई स्वाइनफ्लु भएको पुष्टि लुम्बिनी मेडिकल कलेजले गरेको थियो ।
ऋझै स्वाइनफ्लुको आशंकामा अन्य दुईजनाको लुम्बिनी मेडिकल कलेजमा भेन्टिलेटमा राखेर उपचार भइरहेको छ।


  •  
  •  
  •