पेट्रोलियम पदार्थको मूल्य घटाउन माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

45
  •  
  •  
  •  

काठमाडौं । ६ विद्यार्थी संगठनले प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन्।
पेट्रोलियम पदार्थको मूल्य घटाउन माग राख्दै बुधबार प्रधानमन्त्रीलाई भेटेर उनीहरुले ज्ञापन बुझाएका हुन्। त्यसक्रममा विद्यार्थी संगठनहरुले पेट्रोलियम पदार्थमा अत्यधिक कर लगाइएको भन्दै कर घटाएर मूल्य घटाउन माग गरेका थिए।
जवाफमा प्रधानमन्त्रीले त्यसबारे बुझेर आवश्यक निर्णय लिने बताएको अखिल ९छैठौं० का अध्यक्ष देवेन्द्र कुँवरले जानकारी दिए।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटाउन माग गर्दै अखिल (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन, वैद्य निकट अखिल क्रान्तिकारी, अखिल (छैठौं) र विप्लव निकट अखिल क्रान्तिकारीले संयुक्त आन्दोलन गरिरहेका छन्।


  •  
  •  
  •