पूर्वराजा शाहद्वारा रुपन्देहीको पर्रोहा धामको दर्शन

38
  •  
  •  
  •  

रुपन्देही । पूर्वराजा ज्ञानेन्द्र शाहले सोमबार रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको पश्चिमको पशुपति नाथ भनेर चिनिएको पर्राेहा परमेश्वर बोलबम धाममा पुगेर पूजा गरेका छन् ।

दिउँसो ४ बजे शाह बुटवल हुँदै रानबगिया चोकबाट धाममा आइपुगेका थिए । उनको स्वागतको लागि हजारौं मानिसहरु फुल माला लिएर सडकमा बसेका थिए ।

पूर्वराजा आइपुग्दा उनीहरुले राजा आउँ देश बचाऊ जस्ता नारा लगाएका थिए । शाहले मन्दिरमा २० मिनेट पूजा गरे ।
देशबासीमा सुख शान्तिको कामना गर्दै पूर्वराजाले पुजा गरेका पण्डित विष्णु ज्ञवालीले जानकारी दिए ।

पण्डित ज्ञवालीले उनलार्ई मुल मन्दिरमा लगि शिवलिङ्ग नजिक विशेष पूजा गराएका थिए । पूजा लगत्तै शाहलेमन्दिर ब्यवस्थापन समितिले बनाएको आशनमा केही बेरे विश्राम लिए ।

पर्राेहा मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष रामबली चौधरीले धामको चिनो पूर्वराजालाई प्रदान गरे । सो लतत्तै शाह दक्षिण गेट हुँदै मुर्गिया तिर प्रस्थान गरेका थिए ।

मुर्गियामा र्आपुग्दा उनलाई हजारौंको संख्यामा स्थानीयले स्वागत गरेका थिए । पश्चिम नेपालको धार्मिक भ्रमणमा पुर्वराजा शाह धाममा आएका हुन् ।

यस्तै शाह मंसिर १७ गते मर्चवारमा रहेको मर्चवारी देवीको दर्शन गर्ने उनको सचिवालयले जानकारी दिएको छ । १८ गते बसेको होटलमै बिभिन्न ब्यक्तित्वसंग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

यस्तै १९ गते पाल्पाको भगवती मन्दिर र २० गते कपिलवस्तुको गोरुसिंगेस्थित पशुपति केन्द्रमा जाने कार्यक्रम रहेको छ ।

अन्तिम भ्रमण नवलपरासीको पाल्ही भगवती को दर्शन गरी आइतबार काठमाडौं फिर्ता हुने कार्यक्रम रहेको उनको सचिवालयले जानकारी दिएको छ ।


  •  
  •  
  •