पूर्व राजा ज्ञानेन्द्र दिल्ली जादै

128
  •  
  •  
  •  

काठमाडौं २७ चैत (ओएनएस)  : पूर्व राजा ज्ञानेन्द्र आज दिल्ली जादैछन् । पूर्व रानी कोमलको स्वास्थ्य उपचारका लागि भन्दै पूर्व राजा ज्ञानेन्द्र दिल्ली जान लागेका हुन् । स्वास्थ्य उपचारका लागि जाने बताइए पनि उनले दिल्लीमा रहँदा राजनीतिक भेटघाट पनि गर्नेछन् ।

भेटघाटको वाताबरण मिलाउन पूर्व युवराज्ञी हिमानी यसअघि नै दिल्ली गइसकेकी छिन् । लामो समय थाइल्याण्डमा बसेर नेपाल फर्किएका युवराज पारशसँग नभेटी पूर्व राजा ज्ञानेन्द्र शाह भारत जान लागेका छन् ।

भारतमा एकहप्ता बसेर फर्किने राजदरबारका पूर्व सदस्यसचिव डा फणिराज पाठकले जानकारी दिए ।


  •  
  •  
  •