नेपालको सांस्कृतिक पहिचाँन नै संकटमा

317
  •  
  •  
  •  

Cultureसंस्कृतिविद सत्य मोहन जोसीले धर्म संस्कृति नै मानव समुदायको पहिचाँन भएता पनि नेपाली नेताहरुले यसलाई बुझ्न नसक्दा नेपालको सांस्कृतिक पहिचाँन नै संकटमा परेको बताएका छन् ।

राजधानीमा आयोजित कार्यक्रममा डा. मिलनकुमार थापा र सीआईएनका कार्यक्रम प्रमुख दीपक आचार्यद्वारा लिखित ज्ञानशाला नामक पुस्तकको बिमोचन गर्दै जोशीले सबै नीतिको खोजि गर्ने नेपालीहरुले सांस्कृतिक नीतिलाई समय सुहाउदो बनाउनु पर्दछ भनेर कहिले पनि खोजी नगरेको बताए ।

मुलधारको पत्रकारीता गर्ने व्यक्तिहरुले धर्म संस्कृतिको संरक्षणका लागि युवाहरुलाई जानकारी दिने उद्देश्यले पुस्तक तयार गरेकोमा खुसी व्यक्त गर्दै जोसीले युवाहरु जागरुक भएर संस्कृतिमा आस्था राख्न थाले पछि मात्रै संस्कृतिको संरक्षण हुने बताए ।

कार्यक्रममा जोसीलाई नगद ११ हजार १ सय सहित सम्मान पत्र र दोसल्ला ओढाएर संस्कृति युगपुरुस सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा दक्षिण एसियाली ज्योतिष परिषदका अध्यक्ष डा. लोकराज पौडेललाई ५ हजार १ सय रुपैँया दोसल्ला र सम्मान पत्र प्रदान गरिएको थियो ।


  •  
  •  
  •