पूर्वराजा ज्ञानेन्द्रले दलहरुलाई भने : मसँग भएका सम्झौता कार्यान्वयन गर

143
  •  
  •  
  •  

gyanendra_20140922121635काठमाडौं, ६ फागुन (ओएनएस)  :  पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा विज्ञप्ति जारी गर्दै विगतमा भएका सम्झौता कार्यान्वयन गर्न दलहरुलाई आग्रह गरेका छन् । तर उनले दलहरुसँग कहाँ र कस्तो सम्झौता भएको भन्ने खुलाएका छैनन् ।

बिहिबार प्रज्ञातन्त्र दिवसअघि ज्ञानेन्द्रले निकालेको विज्ञप्तिमा भनिएको छ ‘ तत्कालिन राजनीतिक दलहरु र मेरा वीच प्रजातन्त्रको मूल्य र मान्यतामा आधारित जे्जती सहमती, समझदारी एवं व्यवस्थापकीय गतिविधी भएका थिए तिनको स्मरण र अनूषरण गदैें त्यसलाई सही रुपले कार्यान्वयनमा ल्याई मूलूकलाई दिगो शान्ति, स्थायीत्व र समृद्धीतर्फ अघि बढाउन सकेमा नै आजको पूनित दिवसकोे सार्थकता रहन्छ ।’

विज्ञप्तिको पूर्ण पाठ
६५ औं प्रजातन्त्र दिवसको यस अवसरमा म समस्त नेपालीहरुमा हार्दिक शूभकामना व्यक्त गर्दछू । आज भन्दा ६४ बर्ष अघी प्रजातन्त्र प्रेमी जनता र राजाको समन्वयकारी सत् प्रयासबाट नेपाली जमीन र जनजिवनमा प्रजातन्त्रको विजारोपण भएको हो । प्रजातन्त्रको लागि त्याग र उदारता प्रस्तूत गर्ने हाम्रा जिज्यु बूवा राष्ट्रपिता स्व.श्री ५ त्रिभूवन र वलिदान एवं जीवन उत्सर्ग गर्ने शहिदहरु प्रति म हार्दिक श्रद्भाव र श्रद्धाजंली प्रकट गर्दछू ।

प्रजातन्त्र राष्ट्रको अलंकार हो र जनता जनार्दनको भाग्य भविष्यको आधार हो । राज्य संचालन र विधि व्यवस्थापनका निम्ति चाहिने मूख्य विषय आपसी सूझबूझ, समझदारी र अनूभवयूक्त प्रयत्न हो ।

निषेध, विभेद, अन्यौल, अलमल र कचिगंल मै समय विताउनू भन्दा राष्ट्रको भूवनोट, राष्ट्रिय समाजको स्वरुप र राष्ट्रिय धर्म, परम्परा र मर्मलाई स्पर्श गरेर सहि दिग्दर्शन गर्नेतर्फ अगाडी बढ्नू नै आजको आवश्यकता हो । ६२ बर्ष अघि हाम्रा जिज्यू वूवाले र ९ बर्ष अघिको बर्षारम्भमै म स्वयंले गरे गराएको कार्यविधी पनि प्रजातन्त्र र त्यसको आधार राष्ट्रियतालाई बलियो बनाउने कार्य कदम थियो भन्ने कूरा म पून स्मरणा गराउन चाहन्छू ।

त्यसैले तत्कालिन राजनीतिक दलहरु र मेरा वीच प्रजातन्त्रको मूल्य र मान्यतामा आधारित जे जती सहमती, समझदारी एवं व्यवस्थापकीय गतिविधी भएका थिए तिनको स्मरणा र अनूषरणा गदैें त्यसलाई सही रुपले कार्यान्वयनमा ल्याई मूलूकलाई दिगो शान्ति, स्थायीत्व र समृद्धीतर्फ अघि बढाउन सकेमा नै आजको पूनित दिवसकोे सार्थकता रहन्छ ।

नेपालको मूल कानून परिपुर्ण रुपमा आवोस्, मूलूकको राज्य व्यवस्थाले स्थिरता र गतिशिलता प्राप्त गरोस् यही मेरो शूभकामना छ ।

श्री पशूपतीनाथले हामी सबैको कल्याण गरुन ।

जय नेपाल ।


  •  
  •  
  •