भारतमा रहेका पूर्वराजा ज्ञानेन्द्रले भने : विगतका कटुता अब नदोहोरिउन

185
  •  
  •  
  •  

gyanendra_20140922121635काठमाडौं, ३० चैत (ओएनएस) : भारतमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले २०७१ साल नेपाली जनताको अपेक्षा अनुरुपको काम  नभएको बताएका छन् । नव वर्ष २०७२ सालको शुभकामना सन्देश प्रेषित गर्दै शाहाले अहिलेको अवस्थामा परस्पर निशेष, विभेद र अनमेल रहनु सुखद नभएको बताएका छन्।

शुभकमना सन्देशमा भनिएको छ, ‘ सवै मिलेर, सवैमा सामान्जस्य ल्याएर र सवैलाई समेटेर जानुपर्ने आजको यस्ता संगिन क्षणमा परस्पर निशेष, विभेद र अनमेल भै राख्नु निश्चय पनि सूखद विषय होईन । राष्ट्रको सूरक्षा, राष्ट्रको अस्तित्व, जनताको हित र सवैको सुख, शान्ति एवं सन्तुष्टि आज कता–कताको कूरा भईरहेको छ । मेरो धरातलीय अनुभवमा मैले बूझेको कूरा हो । ’

उनले जनतामा बितृष्णा फैलिएको बताउँदै सबै मिलेर राष्ट्र निर्माण गर्नु पर्ने पनि शुभकामना सन्देशमा उल्लेख गर्दै अघि लेखिएको छ, ‘निकट अतितका कटुता अव फेरी नदोहरीउन, अवको आगत स्वागत गर्ने शैलीमा आवस् र अवको नयां वर्षमा नया दिनहरु शूभकामना रुपमा उदाउन् यही मेरो अपेक्षा, यही मेरो दिलै देखिको अभिलाशा ।’


  •  
  •  
  •