पूर्वराजा ज्ञानेन्द्र आगामी शुक्रबार भारत जाने

208
  •  
  •  
  •  

gyanendra_20140922121635काठमाडौ, २३ चैत(ओएनएस) : पूर्वराजा ज्ञानेन्द्र शाह आगामी शुक्रबार भारत जाने भएका छन् । ज्ञानेन्द्रको साथमा पूर्वरानी कोमल शाह पनि भारत जानेछिन् ।

उनीहरु भारतको नयाँ दिल्लीमा स्वास्थ्य उपचारको लागि जान लागेको स्वकीय सचिव फणीराज पाठकले जनाएका छन्। यसअघि पछिल्लो पटक ज्ञानन्द्रले गत कात्तिकमा भारत भ्रमण गरेका थिए ।

पारिवारिक भ्रमण भएपछि त्यसक्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट र राजनीतिक कुराकानी गरेका थिए। साथै भाजपा अध्यक्ष अमित शाह, वरिष्ठ नेता लालकृष्ण आडवाणी लगायत नेतासँग पनि ज्ञानेन्द्रको भेट भएको थियो । यसपटक पनि ज्ञानेन्द्रले राजनीतिक भेटघाट गर्ने अनुमान छ ।


  •  
  •  
  •