ज्ञानेन्द्रलाई छोराभन्दा दिल्ली भ्रमण प्यारो

144
  •  
  •  
  •  

Gyanendra.shaha_काठमाडौं, २१ कात्तिक (ओएनएस) : थाईल्यान्डमा रहेका पूर्वयुवराज पारस शाहलाई हृदयघात हुँदा तथा प्रहरीले पक्राउ गर्दा समेत भेट्न नगएका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार भारतको राजधानि नयाँ दिल्ली प्रस्थान गर्ने भएका छन् ।

बिपतमा रहेका छोरा पारसबारे मौन रहेका ज्ञानेन्द्रको दिल्ली भ्रमणलाई राजनीतिसँग जोडिएको छ । पारसलाई अघिल्लो महिना लागु–औषध कारोबार गरेको आरोपमा थाई प्रहरीले पक्राउ गरेको थियो । त्यसअघि हृदयघात भएका मृत्युको मुखबाट बचेका थिए ।

एक साता गर्ने भनिएको भ्रमण निजी भनिएपनि ज्ञानेन्द्रले राजनीतिक भेटघाट गर्ने स्रोतले दाबी गरेको छ । नयाँ बन्ने संविधानमा नेपाललाई हिन्दु राज्य बनाउनुपर्ने माग गर्दै राप्रपा नेपाल र नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको समूहले आन्दोलन चर्काउन खोजिरहेको अवस्थामा उनको भारत भ्रमणलाई अर्थपूर्ण मानिएको छ ।

स्रोतका अनुसार हिन्दुबादीहरुसँग ज्ञानेन्द्र निरन्तर सम्पर्कमा छन् । भारत भ्रमणमा पनि ज्ञानेन्द्रले नेपाललाई हिन्दु राष्ट्र बनाउनको लागि भारतका हिन्दुबादी नेताहरुसँग भेट गर्नेछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि कट्टर हिन्दुबादी हुन् ।

पूर्वराजा शाहको टोलीमा उनका निजी सचिव सागर तिमल्सिना, संवाद सचिव डा फणीराज पाठक, निजी अंगरक्षक सशस्त्र प्रहरीका डीएसपी उद्धव रावल र शाही अर्दली हरिशरण थापा पनि भ्रमणदलमा रहेका छन् । यसअघि पारिवरीक भ्रमणमा कसैलाई लैजाने गरिउको थिए । पूर्वराजाले मुलुकको पछिल्लो अवस्थालगायतको विषयमा उच्च राजनीतिक भेटघाट गर्न सक्ने सम्भावना रहेको छ ।


  •  
  •  
  •