कोशी पीडितका समस्या समाधान गर्छुः अर्थमन्त्री कार्की

345
  •  
  •  
  •  

सुनसरी, ५ मंसिर (ओएनएस) :
अर्थमन्त्री तथा सुनसरी–४ बाट प्रतिनिधि सभामा कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले आफूले निर्वाचन जितेपछि कोशी पीडितका समस्या समाधान गरेरै छाड्ने बताएका छन् ।

सुनसरीको बराहक्षेत्र, महेन्द्रनगर र प्रकाशपुरमा बसोबास गरेका जनता घरबार विहिन भएको पचास वर्ष भन्दा पनि बढी समय बितिसकेको छ । तरपनि उनीहरुको सबै समस्याको समाधान निस्किएको छैन् । २०२२ सालमा सप्तकोशी नदीको बाढीले गरेको विनासमा धन र जन गुमाएका परिवारहरुको समस्याको समाधान आजसम्म भएको छैन । कार्कीले भने ‘सरकार कामचलाउ आयोग बनाएर आफ्नो जिम्मेवार पुरा भएको मात्र ठानिरहेको छ, यसको स्थायी समाधान नै खोज्नु पर्दछ ।’

कार्कीले भुमिहीनहरुको तथ्याङ्क बनिसकेकोले अब क्षतिपुर्ति र मुआब्जाको विशेष व्यवस्था सरकारले गर्नुपर्ने बताए । ‘म निर्वाचित भएमा पाँच वर्षभित्रमा आफूले सबै समस्या पूर्णरुपमा समाधान गर्नेछु’ उनले भने ‘म धेरै बोल्दिन, काम गरेर देखाउंछु ।’


  •  
  •  
  •