हजार वर्ष पुरानो खाना पस्कँदै सांग्रीला होटेल

1184
  •  
  •  
  •  

gyakok chinese foodकाठमाडौं, १३ मंसिर(ओएनएस) : पाँचतारे सांग्रिला होटलले जाडो मौषमलाई ख्याल गर्दै ग्याकोक तिब्तीयन खाना ल्याएको छ । यो खानाको इतिहास एक हजार वर्षभन्दा पुरानो रहेको पाइन्छ ।

विशेषत यो खानालाई पारिवारिक खानाको रुपमा हेर्न गरिन्छ । जाडोको बेला चीनमा डिनर नै ग्याकोक हुने गर्छ । सांग्रीला होटेलका सेल्स एण्ड मार्केटिङ ग्रुपका म्यानेजर फुर्वा शेर्पाले भने, ‘नेपालमा हामीले गत वर्षदेखि ग्याकोकको शुरुवात गरेका हौँ । विदेशी मात्र होइन स्वदेशी पनि ग्याकोकप्रति निकै लोभिएका छन् ।’

ग्याकोक खानामा विशेषत माछा, चिकेन, मटन र सुप रहेका हुन्छन् । त्यस्तै, क्याबेज, स्पिन्च, हरियो प्याज, बोक्चे, मसरुप, काउली । जसले ग्याकोकलाई निकै स्वादिलो बनाउँछ । ग्याकोक भनेकै एक खालको सुप हो । यी सबैलाई उमालिएको हुन्छ । जसको सुप निकै स्वादिलो हुन्छ । आवश्यकता अनुसार यसमा विफको स्वादलाई पनि समायोजन गर्न सकिन्छ ।

जापानीजहरू ग्याकोक फ्यान भएको शेर्पाको भनाई छ । उनका अनुसार ग्याकोक भएन भने जापानीजहरुलाई सांग्रीलाको बसाई शून्य लाग्दोरहेछ । ग्याकोक भेज र ननभेज दुवै परिकारमा उपलब्ध रहेको सांग्रीलाले जनाएको छ ।

गत हप्ताबाट सांग्रीलाले ग्याकोक उपलब्ध गराउन थालेको हो । तर, त्यसका लागि ग्राहकले करिव दुई घण्टा अगाडि अर्डर गर्नुपर्दछ । खुल्ला चौरमा आगो ताप्दै ग्याकोकको मजा लिन सक्ने व्यवस्था पनि छ । शुक्रबार र शनिबार बाहेकको दिनमा ग्याकोक उपलब्ध गराउने सांग्रिलाले जनाएको छ ।

नेपालीहरू चाईनिज खानाका निकै पारखी छन् । पछिल्लो समय ग्याकोक प्रति पनि नेपालीहरुको रुची बढ्दै जान थालेको छ । यसैले सांग्रिला होटलदेखि अन्य केही रेष्टूरेण्टहरुले पनि ग्याकोक तयार गर्न शुरू गरिसकेका छन् ।


  •  
  •  
  •