न्यायाधीशले नै गरे समकक्षी महिलाको यौन शोषण

229
  •  
  •  
  •  

काठमाडौ, १९ साउन(एजेन्सी) : कार्यालयमा महिलाविरूद्ध हुने यौन शोषणविरूद्ध लगाम लगाउनका लागि बनेको कमिटी विशाखा कमिटीका सदस्य रहेका एक न्यायाधीश नै यौन शोषणमा परेपछि ती न्यायाधीशले आफ्नो पदबाट राजीनामा दिएकी छिन् ।

ग्वालियरका न्यायाधीशसहित १७ न्यायाधीशले मध्यप्रदेश सर्वोच्च अदालतका न्यायाधीशले आफूलाई उनलाई एक्लै हुँदा आफ्नो घरमा आउनका लागि दवाव दिइएको आरोप लगाएका छन् ।

भारतीय अंग्रेजी पत्रिका दी टाइम्स अफ इण्डियाले उक्त घटनाको खुलासा गरेको हो । पत्रिकाले पिडित न्यायाधीशले आफ्नो प्रतिष्ठा, नारित्व र स्वाभिमानलाई बचाउनका लागि आफ्नो पद छोडिदिएको जनाएको छ । ग्वालियरकी ती महिला न्यायाधिषले मुख्य न्यायाधीश आर एम लोढा, सर्वोच्च अदालतका न्यायाधिषहरू एचएल दत्तू, टिएस ठाकुर, अनिल आर दवे, दीपक मिश्रा र अरूण मिश्राका साथै मध्य प्रदेशका प्रमुख न्यायाधीशलाई आफ्नो गुनासो पठाएकी छिन् ।

उनले गुनासोमा आरोपी न्यायाधीशले डिस्ट्रिक रजिस्टारको माध्मयबाट उनलाई एउटा सन्देश पठाएर आफ्नो घरमा हुने एक कार्यक्रममा आएर एउटा आइटम डान्स गर्नका लागि आग्रह गरेका थिए । ती महिलाले भने आफ्नो छोरीको जन्मदिनको बहाना बनाएर उक्त कार्यक्रममा गइनन् । पछी पनि ती न्यायाधीशले ती महिलालाई बारम्बार आफ्नो घरमा एक्लै आउनका लागि दवाव दिने गरेको बताएकी छिन् ।


  •  
  •  
  •