गुठी विधेयकविरुद्ध विशाल प्रदर्शन(फोटो फिचर)

272
  •  
  •  
  •  

काठमाडौं । गुठी विधेयककोविरुद्ध काठमाडौंमा विशाल प्रदर्शन गरिएको छ ।  राष्ट्रिय सभामा पेश गरेको विधेयक फिर्ता लिने निर्णय भएपनि त्यसविरुद्धको प्रदर्शन गरिएको हो ।

गुठीसम्बन्धी विधेयकको चौतर्फी विरोधपछि भूमिव्यवस्थामन्त्री मन्त्री पद्मा अर्यालले मंगलबार फिर्ता लिएको घोषणा गरेकी थिइन् ।

तर, गुठी पक्षधरहरुले पुनः सरकारले विधेयक अघि बढाउन सक्ने आशंका गरेका छन् ।
त्यसैको खबरदारीका लागि विधेयक फिर्ता भएको भोलिपल्ट राजधानीका विभिन्न स्थानबाट र्याली निकालेर गुठीपक्षधरहरुले प्रदर्शन गरेका हुन् ।

विभिन्न स्थानबाट निस्किएको र्याली माइतीघर मण्डलामा आयोजित खबरदारीसभामा गएर मिसिएको छ ।
प्रदर्शनकारीले ‘हाम्रो संस्कृति कसैको दाइजो होइन’, ‘सम्पदा मास्न पाइँदैन’लगायतका प्लेकार्ड र व्यानरसहित सरकारविरुद्ध चर्को नाराबाजी गरेका छन् ।

खबरदारीसभामा विभिन्न व्यक्तिहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको बनाइएको छ । प्रदर्शनका कारण अहिले थापाथली, त्रिपुरेश्वर, माइतीघर मण्डलालगायतका स्थानको सवारी आवागमन बन्द भएको छ ।


  •  
  •  
  •