गुठी विधेयक फिर्ता

127
  •  
  •  
  •  

काठमाडौं । सरकारले गुठी विद्येयक फिर्ता लिएको छ ।  भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विद्येयक फिर्ता लिने निर्णय भएको जानकारी गराइन् ।

सो विधेयक राष्ट्रियसभामा पेश भएको थियो । विधेयकलाई लिएर विभिन्न जनसमुदायमा विभिन्न भ्रम उत्पन्न गर्ने, उत्तेजित पार्ने र वातावरणलाई बिथोल्ने कोशिश भएकाले सरोकार पक्षसँग थप छलफल र परामर्श गर्न आवश्यक देखिएको जनाउँदै विधेयक फिर्ता लिइएको मन्त्री अर्यालको भनाइ छ ।

 


  •  
  •  
  •