गुठी विधेयकका बारेमा उपत्यकाका जनप्रतिनिधिसँग छलफल

विधेयक तत्काल फिर्ता लिन माग
125
  •  
  •  
  •  

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रस्तुत गुठी विधयकका विषयमा सोमबार जनप्रतिनिधिहरुसँग छलफल गरेका छन् ।

काठमाडौं उपत्यकाका नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)का तर्फबाट प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभाका सांसद,मेयर, उपमेयर र वडा अध्यक्षहरुसँग छलफल गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित छलफलमा विधयकका विषयमा विभिन्न सांसदहरुले आफ्नो आफ्नो राय व्यक्त गरेका थिए ।

राष्ट्रिय सभाका सत्ता पक्षका नेता दिनानाथ शर्मा,सांसदहरु पम्फा भूसाल, कृष्णगोपाल श्रेष्ठ, महेश बस्नेत, जीवनराम श्रेष्ठ, अन्जना विशंखे लगायतले विद्येयकका विषयमा सुझाव दिएका थिए ।

यसैगरी काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्य लगायतले विधेयकका विषयमा आफ्नो धारणा राखेका थिए ।

जनप्रतिनिधिहरुको सुझाव सुनेपछि प्रधानमन्त्री ओलीले विधयकका बिषयमा आफूले परामर्श गरिरहेको र सरकारले यस सम्बन्धमा चाँडै यथोचित निर्णय गर्ने बताए ।

प्रधानमन्त्रीले प्रतिनिधिसँग तीन घण्टा छलफल गरेका थिए । प्रतिनिधिहरुले विधेयक तत्काल फिर्ता लिएर सबै पक्षसँगको छलफलपछि अर्को विधेयक ल्याउन सुझाव दिएका थिए ।

साताव्यापी युरोप भ्रमण सकेर फर्कने क्रममा आइतबार विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले विधेयक सच्चाइने बताएका थियो । त्यही अनुरुप प्रधानमन्त्री ओलीले सरोकारवालाहरुसँग सोमबार छलफल गरेका हुन् ।

यसअघि सोमबार बिहान भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालसँग विधेयक विवादका सम्बन्धमा आवश्यक जानकारी लिएका थिए ।


  •  
  •  
  •