राष्ट्रियसभाबाट गुठी विधेयक फिर्ता

256
  •  
  •  
  •  

काठमाडौं । ‘गुठी विधेयक २०७५’ संसदबाट औपचारिक रुपमै फिर्ता भएको छ ।  राष्ट्रियसभाको मंगलबारको बैठकमा भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्यालले राखेको ‘गुठी विधेयक २०७५’ लाई फिर्ता गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो ।

योसँगै विधेयक राष्ट्रियसभाबाट औपचारिक रुपमा फिर्ता भएको छ । नेपालको संविधानको धारा ११२ र राष्ट्रियसभा सञ्चालन नियमावलिको नियम १ सय १६ बमोजिम मन्त्री अर्यालले गुठी विधेयकलाई फिर्ता गरियोस् भन्ने प्रस्ताव पेश गरेकी हुन्गुठी विधेयकबारे चौतर्फी विरोध भएपछि मन्त्री अर्यालले मन्त्रालयमा पत्रकार सम्मेलन गरि विधेयक फिर्ता लिने बताएकी थिइन् ।

विधेयक फिर्ताको प्रस्ताव पेश गर्दै मन्त्री अर्यालले सरकार जनताप्रति उत्तरदायी हुँदै जनताको भावनाको कदर गरेर गुठी विधेयक फिर्ता लिने निष्कर्षमा पुगेको बताइन् ।

उनले हुँदै नभएको कुरामा भ्रम छरेर सरकारलाई वास्तविक कुरा राख्ने वातावरण नै नदिएको र विधेयकका बारेमा हल्ला पिटाएर गुठीयारलाई उत्तेजित गराउने काम भएको दाबी गरिन् । उनले गुठीका जग्गा यसअघि नै हिनामिना गर्ने काम भएकाले त्यसलाई सरकारले रोक्न मात्रै खोजेको भन्दै विगत सम्झन आग्रह गरिन् ।

उनले भनिन्, ‘गुठी विद्येयक संविधान विरोधी होइन् । संविधान अनुरुप नै गुठी विद्येयक आएको हो ।’ उनले सनातन धर्म पराम्परादेखि चल्दै आएको गुठी, जात्रा, परम्परा, मास्ने गरि विद्येयक आयो भनेर भ्रमात्मक प्रचार गरिएको बताइन् ।


  •  
  •  
  •